नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री परिवर्तन प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताएका छन् । सुदुरपश्चिम भ्रमणका क्रममा पत्रकार सम्मेललनमा बोल्दै उनले मन्त्री हेरफेर गर्ने विषयमा प्रधानमन्त्री र आफुबीच कुनै कुराकानी नभएको बताए ।
बरू मिडियामा मन्त्री हेरफेरका विषयमा समाचार आएकोमा प्रधानमन्त्रीले आश्चर्य प्रकट गरेको उनको भनाइ छ । ‘मन्त्री हेरफेर प्रधानमन्त्रीले जे सोच्नुहुन्छ त्यही हुन्छ, उनले भने, ‘प्रधानमन्त्री र आफ्नो विषयमा कुरा हुदाँ मन्त्रिहरु हेरफेर गर्ने विषयमा कुनै छलफल भएको छैन ।’ अहिले हाम्रो विचमा ठोस रुपमा कुरा भएको छैन । यो विषय प्रधानमन्त्री जीको आफ्नो सोचको विषय हुन्छ ।
