काठमाडौँ, २२ चैत । मंगलबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ।मंगलबार चाँदीको भाउमा भने गिरावट देखिएको छ। चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ।