धनगढी, २० चैत/सुरक्षित गर्भपतन सेवा र लैगिक हिँसा नीति सम्बन्ध छलफल कार्यक्रम धनगढीमा सम्पन्न भएको छ । महिलाहरुमा हुने हिंसा जन्य प्रकिया कम गर्न र सेवाहरुमा जोड दिने सम्बन्धमा अन्तर पार्टी महिला सञ्जाल कैलालीले आयोजना गरेको हो ।
महिलाहरुमा हुने घरेलु हिंसा, छुवाछुतको भावनाको अन्त्य गर्न यस्ता किसिमका कार्यक्रम गर्न आवश्यक रहेका नेपाली काँगे्रसका सदस्य टेकबहादुर रैकाले बताए । समाजमा छोरी भए गर्भपतन गराउने र छोरा राख्ने यस्ता समाजका कुरुतीलाई हटाउनु पर्ने सबैको महत्वपुर्ण भुमिका रहने रैकाले बताए ।
समाजलाई अगाढी बढाउन महिलाहरुको महत्वपुर्ण भुमिका रहने समाजबादी पार्टी प्रदेश सदस्य दुर्गा विकले बताइन । सबै महिलाहरु एक जुट भएर समाज परिर्वतन गर्नु आवश्यक रहन्छ । दिर्घ रोगी महिलाहरुलाई स्वास्थ्यमा निःशुल्क उपचार गर्ने बारे सम्बन्धित निकायलाई प्रस्ताब राखेको विकले बताइन ।
सुरक्षित गर्भपतन हुन सकेर कतिपय महिलाहरुले ज्यान गुमाउन परेको छ । यस्ता समस्याबाट महिलाहरुलाई मुक्त पार्न सुरक्षित गर्भपतनको राम्रो व्यवस्था हुर्नुपर्ने अन्तर पार्टी महिला सञ्जालकी केन्द्रिय सदस्य ममता गिरीले बताइन । महिलाका लागी लागु भएका हक अधिकारलाई सबै मिलेर अगाढी बढाउनु पर्ने हुन्छ । धेरै जसो गाउठाउमा स्वास्थ्य सेवाको पहुच हुन नसकेको गिरीले बताइन । जुन सुकै ठाउमा महिलाहरुको अर्थपुर्ण सहभागी हुर्नुपर्ने उनले बताइन ।