धनगढी, २० चैत/डोटीमा जीप दुर्घटना हुँदा दुई जनाको मृतक सनाखत र सात जनाको पहिचान भएको छ । दुर्घटनमा परि मृतक पुर्वी चौकी–३ डोटीका १८ बर्षका खेम बोहरा, र ४५ बर्षका पुरन बोहराको सनाखत भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक शारदाप्रशाद चौधरीले जानकारी दिए । अन्य सात जना घाईते भएका छन् ।
घाईतेहरु पुर्वीचौकी गाउपालिकाका योशोदा बोहरा, मोहन बोहरा, अमरसिह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशीको पहिचान भएको छ ।पूर्वीचौकी गाउँपालिका १ साझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटना भएको डोटी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चौधरीले जानकारी दिए ।
घाईतेहरुलाई जिल्ला अस्पताल डोटी ल्याईएको छ । उनीहरुको थप उपचार भैरहेको छ । घाईते मध्य कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशी गम्भीर रहेको प्रहरीले जनाएको छ ।