काठमाडौं, २० चैत । मुद्दाका पक्षहरूले अब तारेख लिन अदालत धाइरहन नपर्ने भएको छ । विशेष अदालतको चैत १३ गतेको पूर्ण बैठकले वैशाख १ गतेदेखि लागु हुने गरी त्यस्तो निर्णय गरेको हो ।विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार आफूलाई पायक पर्ने उच्च उच्च अदालत र जिल्ला अदालतबाट अनलाइन तारेख लिन सकिने छ ।
यसैबीच सर्वोच्च अदालतले आइतबार देशभरका उच्च अदालत र जिल्ला अदालतलाई अनलाइन तारेख सम्बन्धमा आवश्यक व्यवस्था, सहयोग तथा सहजीकरण गर्न परिपत्र गरेको छ।सर्वोच्च अदालतबाट जारी सूचना प्रविधिको प्रयोग ९अनलाइन० बाट तारेख लिने सम्बन्धमा निर्देशिका २०७२ जारी गरेको लामो समय भए पनि कार्यान्वयनमा आउन सकेको थिएन ।