काठमाडौँ, १९ चैत । झापाको अर्जुनधारमा भ्यानको ठक्करबाट एक शिक्षकको मृत्यु भएको छ।आज बिहान मर्निङ वाकमा निस्किएको बेला अर्जुनधारा नगरपालि ६ स्थित पुष्पलाल चोकमा प्र १–०१–००१ च ५१०७ नम्बरको पिकअप भ्यानले ठक्कर दिँदा ५३ वर्षका शिक्षक कृष्णप्रसाद निरौलाको मृत्यु भएको हो। उनी स्थानीय बासिन्दा हुन्।
बिहान साढे पाँच बजे मर्निङ वाकको लागि सडकमा निस्किएको बेला उनलाई भ्यानले ठक्कर दिएको प्रहरीले जनाएको छ। प्रहरीका हनुसार दुर्गा माध्यमिक विद्यालय गरामनीका शिक्षक निरौलाको घटनास्थलमै मृत्यु भएको हो।
मनिङ वाकमा शिक्षक निरौलासँगै रहेका बिर्तामोड ५ का अर्जुन उप्रेती भ्यानको ठक्करबाट घाइते भएका छन्। उनको विर्तामोडस्थित बी एन्डी सी अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।