काठमाडौँ, १८ चैत । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको भाउमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा पुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ ९९ हजार २ सय रुपैयाँमा पुगेको छ। त्यस्तै चाँदैको भाउमा पनि शुक्रबार प्रतितोला १० रुपैयाँको वृद्धि देखिएको छ।चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ।
