बैतडी, ६ चैत । बैतडीमा गए राति ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।ट्रयाक्टर चालक बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारूको मृत्यु भएको हो।
बालुवा बोकेर मौराबाट फर्किरहेको सुप प्र०१००२त ५५९८ नम्बरको ट्रयाक्टर गए राति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटाला भन्ने ठाउँमा दुर्घटनामा परेको बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
ट्रयाक्टर सडकमै पल्टेर दुर्घटना हुँदा घाइते भएका थारूको जिल्ला अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको हो। ट्रयाक्टर पल्टिनुको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस