धनगढी, २ फागुन/नेपाली काँग्रेस कैलालीले स्थानीय तहको निर्वाचनका लागि जिल्लाभरीनै प्रतिनिधीहरु खटाउने निर्णय गरेको छ ।
बुधबार बसेको जिल्ला कमिटिको प्रथम बैठकले क्षेत्रिय कार्यसमिति संग समन्वय गरेर जिल्लाबाट जिल्लाभरीनै प्रतिनिधी खटाउने निर्णय गरेको हो ।
‘बैठकले जिल्लाभरीनै प्रतिनिधी खटाउने निर्णय गरेको छ । तर, कसलाई कहाँ खटाउने बारे टुङ्गो लागेको छैन’ पार्टीका सचिव केशव मिश्रले भने –‘६ गते भित्र अन्तिम नामको टुङ्गो लगाई प्रतिनिधी जिल्लाभरी खटाईने छ ।’ यस्तै बैठकले निर्वाचन कमिटिलाई धन्यवाद, लेवी उठाउने लगायतका पाँच वटा निर्णय गरेको उनले बताए ।