धनगढी २६ फागुन/झण्डै दुई दशकदेखि नै भारतले कब्जा गर्न खोजेको कञ्चनपुरको प्यारातालमा नेपाली युवाहरुले राष्ट्रिय झण्डा सहित डुङ्गा सञ्चालन गरेका छन् ।
भारतले आखा लगाएको कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित प्यारातालमा नेपाली झण्डासहित त्यहाँका युवाहरुले डुङ्गा सञ्चालनमा ल्याएको हुन् । झण्डै दुई दशकदेखि नै भारतले कब्जा गर्न खोजेको सुन्दर प्यारातालमा नेपाली युवाहरुले डुङ्गा सञ्चालन गरेका हुन्।
बुधबार उनीहरुले तालमा आफ्नै लगानीमा काठको डुङ्गा निर्माण गरी नेपालको झण्डा फहराउदै सञ्चालनमा ल्याएका थिए। पुनर्वास नगरपालिका ५ का राम रोकाया, पुनर्वास ८ का ज्ञानसिंह हमाल, लक्ष्मण भुसाल र पुनर्वास ९ का बब्लु बस्नेतले सो डुङ्गा सञ्चालनमा ल्याएका हुन्।
पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुङ्गा सञ्चालन गरेको उनीहरुले बताएका छन्। पर्यटकहरुलाई हाल डुङ्गा चढ्न निशुल्क गरिएको छ।