धनगढी, २५ फागुन । कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ गोदावरीमा भारतिय नम्बर प्लेट भएको जिप दुर्घटना भएको छ ।
पहाडतर्फ गईरहेको भारतिय नम्बर युके ०३७ ए १६७९ भएको जन्ती बोकेको बोलेरो जिप गोदावरीको दोस्रो मोडमा दुर्घटना भएको प्रत्यक्षदर्शी केशव सिँह धामीले बताए ।
उनका अनुसार उक्त जिपमा ८/९ जना जन्तीहरु सवार थिए । उनिहरु मध्ये एक जना घाईते भएको उनले बताए । घटनासम्बन्धी थप विवरण आउन भने बाँकी छ ।