काठमाडौँ, २३ फागुन । अभिनेत्री रेखा थापाको जाहेरीमा एकजना युट्युब च्यानलका सञ्चालक पक्राउ परेका छन्। सेलेब नेपाल नामको युट्युब च्यानलका सञ्चालक राहुल थापा मगरलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
गाली गरेको भन्दै रेखा थापाले दिइन् साइबर ब्यूरोमा उजुरी
गुल्मीको मदाने गाउँपालिका निवासी उनलाई अदालतले ५ दिन थुनामा राख्न अनुमति दिइसकेको छ।
अभिनेता पल शाह मुछिएको यौन हिंसा प्रकरणमा उनले अभिनेत्री थापाविरुद्ध गाली बेइज्जतसहितको आपत्तिजनक सामाग्री प्रशारण गरेको आरोप लागेको थियो।यस मामिलामा आफूलाई अभियन्ता बताउने विवादित पात्र शर्मिला वाइबाविरुद्ध पनि प्रहरीमा जाहेरी परेको छ।
युट्युवमार्फत आफूलाई गाली गलौज गरेको भन्दै नायिका तथा नेतृ रेखा थापाले फागुन २० गते साइबर ब्यूरोमा जाहेरी दिएकी थिइन्।एवान मिडिया नामक युट्युवमार्फत शर्मिला वाइबाले गाली गलौज गरेको भन्दै उनका आफन्तले शुक्रबार साइबर ब्यूरोमा जाहेरी दिएका थिए।
