• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

गाउँपालिका मार्फत सुदूरपश्चिमै पहिलो पटक दुध ट्यांकर खरिद गरिदै

डडेल्धुरा – दुधको उत्पादनमा बृद्धि हँुदै गए पछि आलितताल गाउँपालिकाले दुध ट्यांकर खरिद गर्ने योजना बनाएको छ । भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुधको सहज आपूर्तिका लागि विभिन्न गैर सरकारी संघसंस्थाहरुको सहयोगमा आलिताल गाउँपालिकाले सुदूरपश्चिम प्रदेशमै पहिलो पटक गाउँपालिका मार्फत दुध बोक्ने ट्यांकर खरिद गर्न लागेको हो ।

दुध उत्पादन बृद्धि भए संगै कैलालीका डेरी र दूग्ध संलन केन्द्रले दुध खरिद गर्न थाले पनि किसानको सहजताका लागि गाउँपालिकाले ट्यांकर खरिद गर्न लागेको गाउँपालिकाले जनाएको छ ।

कम्तिमा ६ हजार ५ सय लिटर क्षमताको दुध बोक्ने ट्यांकर खरिद प्रक्रिया अगाडि बढाईएको गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ्गले बताए । दुध बोक्ने ट्यांकर खरिद पछि सबै सिजनमा किसानको दुध बिक्रि हुनेमा आफू ढुक्क रहेको उनले बताए ।

किसानको हकहितका लागि विभिन्न निकाय संगको साझेदारीमा सुदूरपश्चिम प्रदेशमा पहिलो पटक दुध ट्यांकर खरिद गर्न लागेको उनको भनाई छ । डडेल्धुराको भित्रिमधेश क्षेत्रमा उत्पादन हुने दुध पछिल्लो समयमा व्यवस्थित हुँदै गएको छ ।

भित्रिमधेशको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका विभिन्न समुदायमा उत्पादन हुने दुधको व्यवस्थित बजारीकरण पश्चात किसान तथा दुध संकलकहरुले राहत महसुस गरेका छन ।

यस क्षेत्रमा व्यक्तिगत एवं सामूहिक रुपमा उत्पादन गरिएको दुध संकलन गर्न परशुराम नगरपालिका र आलिताल गाउँपालिकामा विगत तिन वर्ष देखि चार वटा दूग्ध संकलन केन्द्र सञ्चालनमा छन । यस वर्ष थप दुई स्थानमा दूग्ध संकलन केन्द्र स्थापना भई छ वटा दूग्ध संकलन केन्द्र पुगेका छन् । करिब दुई सय ५० घरधुरीले उन्नत जातका गाई भैँसी पालन गरी दूग्ध उत्पादन सुरु गरेकोमा हाल प्रत्येक दिन दुई हजार पाँच सय देखि तीन हजार लिटरको हाराहारीमा दूध संकलन हुने गरेको छ ।

गाईपालन तथा दूध संकलन केन्द्र सञ्चालनका लागि मर्सिकोर नेपाल, नेपाल रेडक्रस सोसाइटी, एकिकृत विकास समाज र तत्कालिन जिल्ला पशुसेवा कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग गरेका छन ।

उत्पादन गरिएको दुध छिमेकी जिल्ला कैलालीका विभिन्न डेरी मार्फत बजार सम्म पुग्ने गरेको गोदाम संकलन केन्द्रका सञ्चालक जयबहादुर बोहराले बताए । दुध संकलन लाई व्यवस्थि गर्न गैर सरकारी संघ संस्था संगै, स्थानिय तह र पशु विकास शाखाले सहयोग गरिरहेको उनको भनाई छ ।

दूग्ध संकलन केन्द्रमा संकलन भएको दूध कैलालीमा रहेको खप्तड डेरी तथा दूग्ध विकास संस्थानले खरिद गर्ने भएकाले व्यवसाय व्यवस्थित बन्दै गएको उनले बताए ।

बुधबार, असोज २९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.