काठमाडौँ, ११ फाल्गुन । प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले पाँचौ तहका विभिन्न सेवा समूहका पदहरूको लिखित परीक्षाहरु अनिश्चित कालका लागि स्थगित गरेको छ।
यही फागुन १४ गतेदेखि चैत्र २६ गतेसम्म सञ्चालन हुने प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौ तहका विभिन्न सेवा, समूहका प्राविधिक तथा अप्राविधिक पदहरूको लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको प्रदेश आयोगले जानकारी दिएको हो।
