डडेल्धुरा, १० फागुन/ कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम डडेलधुरामा भएको छ ।
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयसंगको सहकार्यमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका निवर्तमान अध्यक्ष अर्जुन शाहले कोभिड-१९ ले पत्रकारितामा पारेको प्रभावबारे कार्यपत्र प्रस्तुत गरे भने जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका जनस्वास्थ्य निरीक्षक विमला ज्ञवालीले जिल्लामा कोभिड-१९ को अवस्था, न्यूनीकरणका लागि गरेका प्रयासबारे प्रस्तुति गरे । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको प्रमुख आतिथ्यमा भएको थियो ।
नेपाल पत्रकार महासंघ सूदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष राम धामीले गरेका थिए ।