कञ्चनपुर,७ फाल्गुन । कञ्चनपुरको एक बस्तीमा बिहानै जङ्गली हात्ती गाउँ पसेको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर २ अमरैयामा जङ्गली हात्ती गाउँ पसेको हो ।
शनिवार बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएकोले नजिकका किसान तथा आम नागरिकहरूलाई सचेत रहन कुण्डा सब डिभिजन बन कार्यालयले अनुरोध गरेको छ ।
उक्त हात्तीलाई लालझाडी बन क्षेत्रमा प्राकृतिक वासस्थान तर्फ फर्काउन बन कर्मचारी र नेपाल प्रहरीको टोली खटिएको कुण्डा सब डिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।