धनगढी, ४ फाल्गुन । बन्दकर्ताहरुले कैलालीको घोडाघोडी नगरपालिकामा लगाएको ताला प्रहरीले खोलेको छ। तालाबन्दी गरेको जानकारी पाउना साथ इलाका प्रहरी कार्यालय सुखडको टोली नगरपालिका पुगेर तुरुन्तै ताला तोडेको प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए।
नगरपालिकामा ताला लगाइएपछि जनप्रतिनिधि र कर्मचारी भित्रै थुनिएका थिए। उनीहरूले नगरपालिका कार्यालयको मुख्य गेटमा ताला लगाएका थिए।
