काठमाडौं,४ फाल्गुन । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो ।
६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ६०० जन संक्रमणमुक्त भएका छन् । हाल देशभर १८ हजार २५१ संक्रिय संक्रमित छन्