धनगढी,४ फाल्गुन । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप ८ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६१ नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।
हाल अस्पतालमा १० जना संक्रमित विरामीको उपचाररत छन् । तीमध्ये ५ जनाको आइसियूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताए ।