धनगढी,४ फागुन । कैलालाीमा नेपाल बन्दको केहि आशिंक प्रभाव देखिएको छ । बिहानैदेखि यहाँँका केहि यातायात सेवा र शिक्षण संस्था बन्द भएका छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी)प्रविण धितालले आज बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको बताए । उनका अनुसार कैलाली, कञ्चनपुरसहितका प्रदेशका सबै जिल्लामा सार्वजनिक यातायात सेवा प्रभावित भएको छ।
छोटो दुरीका सवारी साधन पनि छिटफुट रुपमा मात्रै चलिरहेको एसपी धितालले बताए ।यस्तै शिक्षण संस्था समेत नखुलेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय, मातहतका क्याम्पस र अन्य निजी क्याम्पसहरुमा बिहानी कक्षा सन्चालन नभएपछि विद्यार्थीहरु घर फर्किएका थिए ।