धनगढी, ३ फाल्गुन । धनगढीमा उपचाररत एक कोभिड संक्रमित पुरुषको मृत्यु भएको छ। मंगलबार जिल्लाको गोदावरी नगरपालिका १ बस्ने ६८ वषीय पुरुषको मृत्यु भएको हो।
उनी क्षयरोग र दम सम्बन्धी समस्याका विरामी समेत थिए। गत महिनाको २६ गते उनको परीक्षण गर्दा कोभिड रिपोट पोजेटिभ भई कोरोना अस्पताल धनगढीमा उपचाररत थिए। उपचाररत रहेका उनको आज दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ।