३ फाल्गुन । लुम्बिनी प्रदेश सरकार आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ।
प्रदेश सरकार स्थापना दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो।स्थापना दिवसका अवसरमारमा लुम्बिनी प्रदेश सरकारले आज दाङ देउखुरीको राप्ती उपत्यकामा भव्य कार्यक्रम गर्दैछ।
कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशसभा सभामुख पूर्ण घर्तीसहित प्रदेशका मन्त्रीहरूको सहभागिता रहने सूचना अधिकारी कमानसिंह थापामगरले जानकारी दिए।