धनगढी, १४ असोज – केही दिनयता घट्दोक्रममा रहेको सुनको मूल्य मंगलबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६९ हजार २०० रहमा कारोबार भएको छ ।
सोमबार सुनको मूल्य ७० हजार रहेको थियो । यस्तै तेजावी सुनको मूल्य ६८ हजार ९०० रहेको छ । यस्तै चाँदीको मूूल्य तोलामा ८४० रहेकोमा मंगलबार घटेर ८२५ रुपैयाँमा कारोबार भएको छ ।