‘बर्थिङ सेन्टर मर्मतका क्रममा तार छुटाएर राखिएको सोलार जोड्न बाँकी थियो,’ स्वास्थ्यचौकी प्रमुख वरुण झाले भने, ‘अध्यक्षले स्वास्थ्यचौकीको छानोबाटै निकालेर घर लानुभयो ।’
बर्थिङ सेन्टरको सोलार लगेको अध्यक्ष राई स्वयंले पनि स्विकारेका छन् । तर, उनले फिर्ता गर्ने गरी लगेको दाबी गरेका छन् । ‘मेरो घरको सोलारको ब्याट्री लो भएकाले ब्याट्री चार्ज गर्न स्वास्थ्यचौकीको सोलार लगेको हुँ,’ उनले भने, ‘फर्काउने गरी ल्याएको हुँ, फर्काउन ढिला भएको हो ।’
स्रोतका अनुसार अध्यक्ष राईले सोलार प्यानलसहित दुईवटा ब्याट्री पनि लगेर प्रयोग गरिरहेका छन् । स्वास्थ्यचौकीमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले नयाँ सोलार जडान गरिदिएपछि पुरानो सोलार वडाध्यक्षले लगेका हुन् ।
वडाध्यक्ष राई स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्षसमेत हुन् । तर, सोलार लैजाने विषयमा समितिका अन्य सदस्यलाई कुनै जानकारी नभएको समितिका एक सदस्यले बताए । स्वास्थ्यचौकीको सोलार अध्यक्षको घरमा प्रयोग गर्न दिने विषयमा समितिको बैठकमा कुनै निर्णय नभएको उनको भनाइ छ ।
