डडेल्धुरा: ‘सङ्घीयता र समृद्धिका लागि युवा’ मूल नारा लिएको समाजवादी युवा संघ डडेल्धुराले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ ।बुधबार प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारलाई ज्ञापन पत्र पठाएकको समाजवादी युवा संघका केन्द्रीय सदस्य श्याम सिनालले बताएका छन् ।
‘भाद्र ९ गते सर्वोच्च अदालको बृहत इजलासले गरेको एनसेल आयकर सम्बन्धि विवाद अन्तिम निर्णय संगै नेपाल सरकारले पाउनुपर्ने अरबौँ रकम बराबरको राजस्व गुमेको प्रति समाजवादी युवासंघको गम्भिर ध्यानाकर्षण भएको’ ज्ञापनपत्रमा उल्लेख छ ।
‘स्वीडेनको टेलियासावेनेराले १ सय ४४ मलेसीयाको आजियाटालाइ ८० प्रतिशत सेयर बिक्री वाफत अर्ब रुपैयाको कर तिर्नुपर्ने निर्णय ठूला करदाता कार्यलयले एनसेलो र टेलियासोनेराको नाममा गरिसकेकोमा निर्धा्रित कर नतिरि टेलियोसोनेरा नेपालबाट भाग्न सफल हुनु शँकास्पद छ।
लाभकर सेयर बेच्ने कम्पनी टेलियासोनेराले (भागिसकेको) तिर्ने वा सेयर किन्ने कम्पनी आजियाटाले तिर्नेमा विवाद भएपनि राज्यले पाउनुपर्ने ६१ अर्ब रकममा खासै विवाद थिएन।
कसले तिर्ने भन्ने विवादबिच एनसेलकै भएको निर्णय गरेको थियो तर निर्धा्रित ६१ अर्ब भन्दा कम आयकर तिर्ने गरि भएको सार्वोच्चको यहि भाद्र ९ गतेको निर्णयले अरबौँको राजस्व गुमेको संगठनको ठहर छ।’ केन्द्रीय सदस्य श्याम सिनालद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

‘तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्को सरकारले यस प्रकरणमा करको दायित्व नेपाबाट भागिसकेको टेलियासोनेराको निर्णय सुनादै उन्मुक्ति दिने पं्रयास गर्नु, संसदको विकास र अर्थ समितिले पनि उन्मु्िकतलाय सघाउ पुग्ने निर्णय सुाउनु, टेलियासोनेरा भाग्ने बेलासम्म लेखा समिति मौन बस्नु, सवोच्च अदालको निर्णय विरुद्ध संसदमा आवाज उठ्नु अत्यन्तै दुःख र दुर्भाग्यपूर्ण भएको साथै राज्इको तिनवटै अँग प्रति जनताको विश्वास गुम्दै गएको जारी ज्ञापन पत्रमा उल्लेख छ।’ डडेल्धुराको बागबजारमा बिरुद्ध सभाको समेत आयोजना गरेको समाजवादीका नेता लक्ष्मण पनेरुले बताएका छन् ।