• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

भजनीको सबै वडामा कालोपत्रे सडक बन्ने

धनगढी, ११ पुस । कैलालीको भजनी नगरपालिकाले चालू आर्थिक वर्षमा सबै वडामा एउटा–एउटा कालोपत्रे सडक बन्नेछ । सो नगरपालिकाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार हरेक वडामा एकरएक वटा पिच सडक बनाउन लागेको हो । केही वडामा सडक निर्माणको कार्य सुरु भइसकेको छ ।

नगरपालिकाको कार्यालयले दिएको जानकारी अनुसार वडा नम्बर २, ८ र ९ मा सडक निर्माणको कार्य सुरु भइसकेको हो । ती सडकहरुमा अहिले रोलिङ, ग्राभेल हाल्ने लगायतका काम भइरहेको नगरपालिकाका इन्जिनीयर विष्णु जोशीले बताए ।

उनका अनुसार वडा नम्बर २ को रजवारा गाउँमा १० लाख रुपैयाँ लागतमा पिच सडक बनिरहेको छ । सो सडकको लम्बाइ २२० मिटर रहेको जनाइएको छ ।

यसैगरी, वडा नम्बर ८ मा गोडचौराको डबलपुलदेखि वडा कार्यालयसम्म जाने बाटो निर्माणको कार्य भइरहेको छ । सो ठाउँमा १९ लाख रुपैयाँ लागतमा ३०० मिटर लामो कालोपत्रे सडक बन्ने जनाइएको छ । यस्तै, वडा नम्बर ९ मा १७ लाख रुपियाँ लागतमा २६८ मिटर कालोपत्रे सडक बनाउने कार्यको सुरुवात गरिएको छ ।

अहिलेसम्म तीन वटा वडामामा बन्ने सडककोमात्रै सम्झौता भएर काम भइरहेको इन्जिनीयर जोशीले बताए । ‘बाँकी वडामा बन्ने सडकको सम्झौता हुनै बाँकी रहेको छ ।’, उनले भने । ‘तीन वटा वडामा भने काम अगाडि बढेको छ ।’

भजनी नगरपालिका कैलालीको विपद्ग्रस्त स्थानीय तहको रुपमा चिनिन्छ । यो नगरपालिकाले हरेक वर्ष बाढी, डुबान जस्ता प्राकृतिक विपद्को सामना गर्दै आएको छ । विपद् आइरहने कारणले यो नगरपालिकामा प्रायःजसो रोड कच्ची रहेका छन् ।

एक वडामा कम्तीमा पनि एउटा कालोपत्रे सडक हुनु पर्ने नगरवासीको चाहनानुसार एक वडा एक कालोपत्रे सडक निर्माण गर्ने नीति लिएको वडा नम्बर ८ का वडा अध्यक्ष पङ्कज चौधरीले बताए । ‘सो नीति अनुसार कतिपय वडामा सडक निर्माणको काम सुरु भइसकेको छ भने कतिपयमा सुरु हुन अझै बाँकी रहेको छ’, उनले भने ।

नगरपालिकाले एक वडामा एक कालोपत्रे सडक निर्माणका लागि चालू आर्थिक वर्षमा एक करोड ३३ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । वडा नम्बर १ को भजनी क्षेत्र पिच सडकका लागि १० लाख रुपैयाँ वडा नम्बर ३ को थेकीपुर कालोपत्रे सडक बनाउनका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी, वडा नम्बर ४ को बिजुलियामा पिच सडक बनाउन आठ लाख, वडा नम्बर ५ को कालातातलदेखि भगतपुरसम्म सडक बनाउन २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

यस्तै, वडा नम्बर छ को विष्णापुर र वडा नम्बर ७ मा कालापत्रे सडक निर्माणका लागि क्रमशः २४ लाख ५० हजार र १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पहिले सम्झौता भइसकेका सडक निर्माणको कार्य उपभोक्ता समितिमार्फत भइरहेको इन्जिनीयर जोशीले बताए ।

आइतबार, पुष ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.