धनगढी, २९ मंसिर । धनगढीमा रहेको एयरक्राफ्ट म्यूजियम सार्न लागिएको छ। क्याप्टेन बेद उप्रेतीले लिजमा लिएको जमिनको सम्झौता अवधि सकिएकाले म्यूजियम सार्न लागिएको हो।
९ वर्षअघि हसनपुरमा स्थापना गरेको एयरक्राफ्ट म्यूजियम विदेशमा खुलेका जहाजसँग सम्बन्धित संग्रहालयहरु भन्दा पृथक थियो। तर जग्गा अभावकै कारण उक्त एयरक्राफ्ट म्यूजियम नेपालगञ्ज लगिन लागिएको क्याप्टेन बेद उप्रेतीले बताए।