धनगढी,२७ मंसिर । धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी धनगढीमा तालाबन्दी गरिएको छ ।
विद्यार्थीहरुले शुल्क फिर्ताको माग राख्दै सोमबार तालाबन्दी गरेका हुन् । प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटीभिटी)ले निर्देशन दिएपनि क्याम्पसले फिर्ता नगरेको भन्दै उनिहरुले तालाबन्दी गरेका हुन् । तर यता क्याम्पस प्रशासनले भने सिटीभिटीको सुचना अस्पष्ट रहेको जनाएको छ ।