• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

पूर्व–पश्चिम राजमार्गको गड्डाचौकी देखि अत्तरिया सम्म सडक स्तरोन्नति गरिँदै

धनगढी, २७ मंसिर । पूर्व–पश्चिम राजमार्गको कञ्चनपुर खण्ड स्तरोन्नति गरिँदै छ। सडक डिभिजन कार्यालय कञ्चनपुरले गड्डाचौकीदेखि अत्तरियासम्मको सडक खण्ड स्तरोन्नति गर्न लागेको हो। कार्यालयले राजमार्गको चार लेनको बेस निर्माण गरेर स्तरवृद्धिका लागि सडक चौडाइ २५ मिटर बनाइरहेको छ।

गड्डाचौकीदेखि अत्तरियासम्म सडक विस्तार, कल्भर्ट निर्माण, कालोपत्रेलगायतको काम गरिरहेको छ। कार्यालयले गत वर्षदेखि नै सडक स्तरवृद्धिको काम सुरु गरेको थियो। भीमदत्त नगरपलिका–५ वनखेतदेखि वेदकोट नगरपालिका–१० दैजीसम्म राजमार्गको दुवैतर्फ सडक विस्तार गरिएको छ।

अन्य खण्डमा समेत सडक विस्तार र सडकमा पर्ने कल्र्भर्ट निर्माण भइरहेको छ। सडक डिभिजन कार्यालय कञ्चनपुरका सबइन्जिनियर दानबहादुर चन्दले पश्चिम गड्डाचौकीदेखि पूर्व चिसापानी कर्णाली पुलसम्म सडक विस्तार हुने बताए। उनले सडक डिभिजन कार्यालय कञ्चनपुरले गड्डाचौकी देखि मोहनापुल सम्म सडक विस्तार गर्नका लागि विभिन्न प्याकेजमा ठेक्का लगाएर काम गरिरहेको बताए।

‘केही ठेक्का सम्पन्न भएका छन्, उनले भने, ‘केही रनिङ अवस्थामा छन्, फेरि बाँकी काम पनि हुनेछन।’ गत आर्थिक वर्ष ०७७र०७८ मा एमएस थोदिप जसलिङ जेभीले २ करोड ४० लाख लागतमा सडक खण्डमा पर्ने कल्भर्ट चौडा गरेको थियो। उक्त कम्पनीले गड्डाचौकीदेखि दैजीसम्मको खण्डमा पर्ने कल्भर्ट विस्तार गरेको थियो।

गत वर्ष नै सलान निर्माण सेवाले महेन्द्रनगर ट्राफिकचोकदेखि भाँसीसम्म खाल्डाखुल्डी मर्मत र दायाँबायाँ सडक विस्तार गरिसकेको छ। उक्त कम्पनीले १ करोड ३ लाख लागतमा सडक विस्तारको काम गरेको हो। चालू वर्ष ०७८/०७९ मा कुमार जोशी जेभीले वेदकोट नगरपालिका–७ काङला पुलदेखि अत्तरियासम्म दुवैतर्फ सडक विस्तार, एक लेयर कालोपत्रेसहित मर्मतका लागि नौ करोड ६१ लाख लागतमा ठेक्का पाएको छ।

मैनाचुली मालिका एमबिए जेभीले पनि अत्तरियादेखि गड्डाचौकीसम्म निर्माण हुन बाँकी कल्भर्टसहित फिलिङका लागि तीन करोड ६२ लाखमा ठेक्का पाएको छ। सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर सरला न्यौपानेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखि मोहना पुलसम्म सडक स्तरोन्नतिका कामकाज अघि बढेको बताइन्।

‘केही कम्पनीले काम सम्पन्न गरेका छन्। केहीले सम्पन्न गर्ने चरण र केहीले भर्खरै सुरुवात गरेका छन्,’ उनले भनिन्, ‘सडक विस्तार कार्य तीव्र गतिमा भइरहेको छ।’ हाल साबिक रहेको सडकको बीचदेखि दायाँबायाँ ११/११ मिटर सडक विस्तार भइरहेको उनले जानकारी दिइन्। सडक विस्तार भएको खण्डमा सवारी दुर्घटना न्यूनीकरण भइरहेको उनले बताइन्। उनका अनुसार जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा समेत रणनीति सडक विस्तारका लागि टेन्डर आह्वान भएको छ।

सोमबार, मङि्सर २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.