दार्चुला, २६ मंसिर । दार्चुलामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। लेकम गाउँपालिका वडा नम्बर २ कैनोडा साच्चोरीका गणेशदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको हो।
घर नजिकैको खर फागलामा घाँस (खर) काट्न गएका जोशीको शनिबार भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। मृतक जोशीका एक छोरा र तीन छोरी रहेका छन्।