एकेन्द्र चन्द
डोटी, २४ मंसिर । डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ५ रन्तोलामा नेपाल टेलिकमको फोरजि टावर बिस्तारको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकामा घाम डुब्ने बित्तिकै टावर जाने समस्या हुन्थ्यो भने अहिले टावर बन्न लागेकाले खुशि भएका बडिकेदार गाउपालिकाका स्थानीय भिम बहादुर बोहोराले बताए । मोबाइलमा फोर जि चल्ने भए पछि स्थानिय बासि निकै उत्साहीत भएका बोहराले बताए । ।
बडिकेदार गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बुद्धिसागर बिनाडिको पहलमा नेपाल टेलिकम प्रादेशिक कार्यालयका सुदूरपश्चिमका फोर जि ईन्चार्ज घनश्याम पाठकको नेतृत्व बाट टावरको काम अहिले चलिरहेको छ। केहि दिन भित्र नै टावर बन्ने नेपाल टेलिकमको सुदुरपश्मि प्रदेश कार्यलय अतरियाले जानकारी दिएको छ।