कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरमा चितुवाको बच्चा फेला परेको छ ।धरमपुर गाउँनजिकै बछेला सामुदायिक वनमा चितुवाको बच्चा फेला परेको स्थानीयले बताए ।घाँस दाउराका लागि बन गएका स्थानीय महिलाहरुले चितुवाको बच्चा देखेपछि अन्यलाई खबर गरेका थिए ।
बछेला सामुदायिक वनको सालघाँरी जंगलमा फेला परेको चितुवाको बच्चालाई वन कार्यलयको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।बेदकोट नगरपालिकाको उत्तरी चुरे क्षेत्रसंगै रहेका गाउँमा चितुवाले स्थानीयमा गाई, बाख्रा खादै आएको छ ।बेदकोट–५ धरमपुरमा केही समय अगाडि समेत स्थानीयका बाख्रा खाएको थियो ।
