धनगढी २५ भाद्र- सुदूरपश्चिम प्रदेशमा पहिलो पटक एक दिने शेयर बजार सम्बन्धी तालिम संचालन हुने भएको छ । यो तालिम सर्बसाधारणका लागि शेयर बजारमा आकर्षित गराउनका लागि सुदूरपश्चिम प्रदेशका तिन जिल्लामा संचालन हुन लागेको नेपाल पुजिबजार लगानीकर्ता संघ सुदूरपश्चिम प्रदेशका संयोजक कुमार थापाले जानकारी दिए ।
नेपाल स्टक एक्सचेन्ज र वाईको को आयोजना साथै नेपाल पुजिबजार लगानीकर्ता संघ र दिपशिखा धितो पत्र कम्पन्नी प्रालीको सहयोगमा कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र डडेल्धुरामा हुने बताईएको छ ।
तालिममा शेयर बजार, शेयर खरिद बिक्रीका प्रकृया, स्टक मार्केट, अनलाईन स्टक र स्टक मार्केटमा ईन्ट्रीका बोरे, शेयर खरिद गर्न दलालको सम्पर्कमा नगई आफै घरबाटै कारोबारका बारेमा लागानीकर्ताहरुलाई पुर्ण रुपमा जानकारी दिने उदेश्य रहेको नेपाल पुजिबजार लगानीकर्ता संघ सुदूरपश्चिम प्रदेशका संयोजक कुमार थापाले जानकारी दिए ।
तालिममा सबैलाई निशुल्क प्रदान गरिने भएको सुदूरपश्चिमबासीलाई शेयबाजार सम्बनधी जानकारी लिन संयोजक थापाले सबैलाई अनुरोध पनि गरेका छन् ।