प्रहरीलाई कतिपय अपराधमा वास्तविक दोषी पक्राउ परे पनि प्रमाणको कमिका कारण मुद्दा चलाउन कठिनाई हुने गरेको थियो । राणाको घट्ना मात्र यस्तो घट्ना हो, प्रहरीलाई कुन कुन मुद्दा चलाउने भनेर सोच्नु पर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख उपरीक्षक गिरी भन्छन्, कुन मुद्दा चलाउने भन्दा कुन मुद्दा नचलाउने भन्ने भएको छ ।
प्राप्त प्रमाणका दर्जनौ मुद्दा चलाउने भएका छौ । हातहतियार तथा खरखजाना, ठगी, जालसाजी, किर्ते कैयौ मुद्दाहरु राणामाथि चल्ने भएको छ । राणाको विषयमा थुप्रै व्यक्तिहरुले आफू ठगिएको भन्दै मौखिक तथा लिखित उजुरी दिने क्रम जारी रहेकोले उनीमाथि थप मुद्दा चल्न सक्ने एसपी गिरीले बताए ।
राणाको अनुसन्धानमा अझै १० दिनजति लाग्न सक्छ । उनका बिरुद्ध उजुरी आउने क्रम जारी छ । आज एक जनाले उजुरी गरेका छन्, एसपी गिरीले भने, हामी ठगियौ भनेर मान्छेहरु आईरहेका छन् ।
राणाले पनि आफूले बिभिन्न व्यक्तिलाई ठगेको स्वीकार गरेका छन् । प्रहरीसंगको बयानमा राणाले पैसा फालेपछि जे पनि गर्न सकिने मात्र बताएनन । पैसा फालेकै कारण आफू यहाँसम्म आईपुगेको बताएका छन् । अरुको खल्तीबाट पैसा निकाल्न सजिलो नभएकोले बिभिन्न बहाना र प्रलोभन देखाएर आफूले पैसा लिएको समेत स्वीकार गरेका छन् ।
उनी सहजै अरुलाई प्रभावमा पार्न सक्थे । पैसा माग्न आएका मान्छेसंगै उल्टै पैसा लिनसक्ने गरी प्रभावमा पारिदिन्थे, प्रहरी स्रोतले भन्यो, कुरा बनाउन र मान्छेलाई प्रलोभनमा पार्न उनी निकै माहिर देखिएका छन् । उनले सरकारी सबै कागजात आफै बनाउथे । कतिसम्म भने उनका दुईटा नागरिकता मध्ये एउटा आफैले बनाएको स्वीकार गरेका छन् ।
सञ्जय राणाका नाममा डोटी जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता सक्कली भएको र ईलाका प्रशासन कार्यालय टीकापुरबाट सञ्जय सम्शेर जंग बहादुर राणाका नाममा लिएको नागरिकता आफैले बनाएको बयानका क्रममा राणाले बताएको प्रहरीले जानकारी दिएको छ ।
– हात हतियार तथा खर खजाना
– ठगी
– किर्ते नागरिकता बनाएको
– साना हतियार ओसार पसारमा संलग्न गिरोह
– सरकारी छाप र कागजात दुरुपयोग गर्ने गिरोह
– सीमा क्षेत्रमा अबैध र गैरकानुनी कारोवार गर्ने गिरोह
– मिटर व्याज र ढुकुटीमा संलग्न गिरोह
– सुदूरपश्चिममा साना हतियार भएका व्यक्ति र समूह
– मालपोत र नापीमा फर्जी काम गर्ने गिरोह
– सम्पत्ती शुद्धिकरण
पश्चिम टुडेबाट