धनगढी, २४ भाद्र-
धोती डान्समा जंगली मान्छेको नृत्य देखाईएको छ । यो कुनै बास्तबिक जंगली मान्छे भने होईन ‘धोती डान्स’ नामक थारु म्युजिक भिडियोमा जंगली मान्छे पात्र बनाएर अभिनय गराईएको छ । कलाकारहरुले स्याउला र पातहरुको कपडा बनाएर भिडियोमा देखिएका छन् ।
जंगलका राजाकी छोरीलाई मुख्य पत्र बनाएर बनाएको म्युजिक भिडियोमा पुरै भिडियो जंगल भित्रै छायाङ्गकन गरिएको छ । दुई जना युवक जंगलमा हराएपछि जंगलका राजाकी छोरी संग ति युवक आकर्षित भएपछि जंगलकै संसारमा रमाएको दृष्य भिडियोमा समेटिएको निर्देशक चन्द्र चौधरी चाँदले जानकारी दिए ।
पछिल्लो समयमा थारु गित र म्युजिक भिडियो पश्चिम नेपालमा चर्चा पाउन थालेपछि यसले बजार लिन थालेको छ ।
अब चाडैनै बजामा आउन लागेको थारु भाषाको गित सोही धोती डान्सको म्युजिक भिडियोको सुटिङ्ग कार्य सकिएको छ । अहिले सिएस स्टुडियो पोष्ट प्रोडक्सनको कार्य भैरहेको सिएस फिल्मस्का प्रबन्ध निर्देशक सतिष सिन्हाले जानकारी दिए ।
निकैनै बास्तबिक जंगली मान्छेको जिवनीलाई अहिले पछिल्लो समयका पुस्ताबिच समायोजन भिडियोमा देखाईएको निर्देशक चौधरी चाँदले जानकारी दिए ।
उक्त भिडियोमा बिवस चौधरी, प्रदिप कठरिया र शर्मिला चौधरीले आफ्नो कुशल अभिनय प्रस्तुत गरेका छन् भने दृष्य छायाङ्गकन दयाशंकर चौधरी र मुन थारुले संयुक्त रुपमा गरेका छन् । उक्त भिडियोमा कलाकारलाई पुरै बन मान्छे जस्तो उतार्न भने मेकप म्यान सोनु कुस्मीले महत्वपुर्ण भुमिका रहेको छ ।
गायक सिमान्त चौधरीको स्वर रहेको गितको म्युजिक भिडियोको सम्पादन सतिस सिन्हाले गरेका छन् । अब सबैका सम्पन्न गरेर चाडैनै बजारमा आउने निर्माण पक्षले जनाएको छ।
भिडियो हेर्नका लागि यहा किल्क गर्नुहोस् ।