आजका पत्रपत्रिकामा चिनियाँ विदेशमन्त्री भेटघाटको विषयलाई प्रमुख समाचार बनाएका छन् । कान्तिपुर दैनिकमा राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’ शिर्षकमा प्रमुख समाचार लेखिएको छ । समाचार अनुसार चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति सी चिनफिङको सम्भावित नेपाल भ्रमणबारे ‘सकारात्मक संकेत’ दिएका छन् । नेपाल भ्रमणमा रहेका उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दै यस मामिलामा दुबै देशका कूटनितिक नियोगहरु निरन्तर सम्पर्कमा रहने बताएका छन् । नागरिक दैनिकमा उद्योगको जग्गा बिक्रि गर्ने बाटो खुल्यो शिर्षकमा प्रमुख समाचार लेखिएको छ । नयाँ पत्रिका दैनिकमा ओली–नेपाल १९ दिनदेखि बोलचाल बन्द शिर्षकमा प्रमुख समाचार छ

आजका पत्रपत्रिका ः राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’
आजका पत्रपत्रिका ः राष्ट्रपतिको भ्रमण गराउन चीन ‘सकारात्मक’