धनगढी, २४ असोज । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ७ वटै प्रदेशमा अध्यक्ष र सचिव नियुक्त गरेको छ।
जस अन्तगरत सुदूरपश्चिम प्रदेशमा शरद सिंह भण्डारीलाई अध्यक्ष र देवीलाल चौधरीलाई सचिवको जिम्मेवारी दिएको छ।
यस्तै सह–इन्चार्जमा विना मगर, बिरमान चौधरी र त्रिलोचन भट्ट नियुक्त भएका छन्।