कैलाली ८ जेष्ठ
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मिडिया काउन्सिल विधेयकको नेपाली कांग्रेसले खुलेर विरोध गरेको बताएका छन् । नेपाल प्रेस युनियन कैलालीले बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले मिडियामाथी हस्तक्षेप गरीरहेको आरोप लगाए ।
सरकारका असफलताहरु मिडियामा छर्लंग रुपमा आउन थालेकाले मिडियालाई नियन्त्रण गर्ने नीति सरकारले लिएको भन्दै पौडेलले कांग्रेसले कुनै पनि हालतमा मिडिया काउन्सिल विधेयक पास गर्न नदिने दाबी गरे ।
यस्तै दुईतिहाईको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताउदै । जनताहरुले सरकारको विकल्प खोज्न थालिसकेको बताएका छन् । सरकारले जनतालाई आश्वासन धेरै बाडेको भन्दै पौडेलले त्यो अनुरुप काम भने कत्ति पनि गर्न नसकेको बताए ।
जागरण अभियानले पार्टीमा जागरुकता ल्याएको उनको भनाइ छ । बरिष्ठ नेता पौडेल पार्टी जागरण अभियानका शिलशिलामा सुदूरपश्चिमका विभिन्न ६ जिल्लाका कार्यक्रममा सहभागी हुने सो पार्टीले जनाएको छ ।