धनगढी, १४ भदौ
धनगढीमा मिस फारवेष्ट दोस्रो सिजन प्रतियोगिता २०१९ हुने भएको छ । प्रतियोगिताका लागि शनिबार बाट नै फारम वितरण खुल्ला भएको आयोजक रोयल कोलाबोरेटिभ प्रालिले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
यो प्रतियोगिता गत बर्ष देखि धनगढीमा हुन लागेको हो । गत बर्ष मनिका गुरुङले प्रथम भएकी हुन् ।
सुदूरपश्चिमको युवतीहरुको प्रतिभाहरु प्रस्फूटन गर्ने उदेश्यका साथ हुन लागेको आयोजक प्रतियोगिताका संयोजक पवन बसुवाले जानकारी दिए । प्रतियोगिताले युवतीहरुको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराउने तथा क्षमता अभिवृद्धि र व्यक्तित्व विकास गर्ने आयोजकको अपेक्षा रहेको छ ।
प्रतियोगितामा प्रतियोगीहरु अडिसनको माध्यम बाट छनोट हुने छन । अडिसन धनगढी, टिकापुर र महेन्द्रनगर हुने छ । प्रतियोगितामा प्रथम हुनेले स्कूटर पाउने छ भने दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २५ हजार पुरस्कार पाउने मिडिया संयोजक देवेन्द्र जोशीले जानकारी दिए । साथै बिभिन्न बिधामा उत्कृष्ट हुने दश जनालाई उपाधी संगै गिफ्टह्याम्पर पनि प्रदान गरिने छ । प्रतियोगिातको फाइनल आगामि कार्तिक ६ गते हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
प्रतियोगितामा नेपाली नागरिक, कक्षा १० पास गरेको र १६ देखि २५ बर्ष उमेर हुनुपर्ने छ । आयोजकले प्रति फारम ५ सय रुपैयाँ लाग्ने जानकारी दिएको छ