धनगढी: जेठ दोस्रो साता सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका दीर्घ सोडारीलाई बर्खास्त गर्न माग गरिएको छ । राष्ट्रिय युवा संघ सुदूरपश्चिमले विज्ञप्ती जारी गर्दै मन्त्री सोडारीलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरेको हो ।
मन्त्री सोडारीले आफ्नै कार्यकक्षमा एमाले प्रदेश कमिटी सचिव राजेन्द्र रावलमाथि हातपात गरेको भन्दै पदबाट बर्खास्त गर्न माग गरिएको हो । अध्यक्ष सन्तोष जोशी र इञ्चार्ज गजेन्द्र शाहीद्वारा विज्ञप्तीमा सोडारीले प्रदेश र स्थायी कमिटीको ह्विप उल्लघन गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको पनि आरोप लगाइएको छ ।