धनगढी, २५ जेठ/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मागको विश्वासको मतमा नेपाली काँग्रेसले ‘नो भोट’ गरेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १२ जना प्रदेश संसद रहेका छन् । विश्वासको मतका पक्षमा मतदानका समयमा काँग्रेसले मतदातमा सहभागि नभएको नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका प्रबक्ता डिल्लीराज पन्तले जानकारी दिए ।
मंगलबार विश्वासको मत मागेका मुख्यमन्त्री भट्टको पक्षमा ३० मत खसेका छन् । बिपक्षीमा ९ मत खसेका हुन् । विश्वासको मत मध्य १३ प्रदेश सदस्य नेकपा माओवादी केन्द्रका रहेका छन् भने १७ जना माधब नेपाल पक्षधर प्रदेश सदस्यले मत दिएका हुन् । मुख्यमन्त्रीको बिपक्षमा एमालेका एमालेका केपी पक्षका सात र जसपाका दुई जना प्रदेश सदस्यले बिपक्षीमा मतदन गरेका हुन् ।