धनगढीमा एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेज धनगढीको आयोजनामा धनगढीमा भएको दुई दिने एक्सपर्ट हाजिरीजवाफ प्रतियोगिता सकिएको हो । हाजिरीजवाफ प्रतियोगितामा सुदुरपश्चिमाञ्चल एकेडेमी पहिलो भएको छ । फाईनल चरणमा पुगेका ६ टीम बीचको खेलमा ९५ अंक प्राप्त गर्दै सुदुरपश्चिमाञ्चल ऐकेडेमी पहिलो भएको हो । पहिलो भएको एकेडेमीले नगद १५ हजार सहित ट्रफी र प्रमाणपत्र पाएको छ । यो टोलीले आईईएलएसमा शत प्रतिशत छुट समेत पाएको छ ।

नाष्ट उच्च मावि हाजिरीजवाफ प्रतियोगितामा दोस्रो भएको छ । ७० अंक पाएको नाष्टले नगद १० हजार सहित ट्रफी र प्रमाणपत्र पाएको छ । यो टोलीले आईईएलएसमा ५० प्रतिशत छुट समेत पाएको छ । एक्सपर्ट हाजिरीजवाफ प्रतियोगितामा ग्यालेक्सी मावि तेस्रो भएको छ । फाईनल चरणमा तीन टीमको समान अंक भएपछि तीन टीम बीच प्रतिस्पर्धा गराएर तेस्रो बनाईएको थियो । ग्यालेक्सी सहित त्रिनगर मावि र एक्सीस विद्याश्रमले समान ५० अंक पाएका थिए । उनीहरुबीच तेस्रो स्थाका लागि भएको हाजिरी जवाफ प्रतियोगितमा थप ५० अंक जोड्न सफल भएपछि ग्यालेक्सी तेस्रो भएको हो । ग्यालेक्सीले नगद ५ हजार सहित ट्रफी र प्रमाणपत्र पाएको छ । यो टोलीले आईईएलएसमा २५ प्रतिशत छुट समेत पाएको छ । फाईनलमा प्रतिस्पर्धा गरेको त्रिनगर चौथो एक्सीस विद्याश्रम पाँचौ र कैलाली वहुमुखी क्याम्पस छैठौं भएको छ । हाजिरीजवाफमा १० वटा विद्यालयका टीमहरुले भाग लिएका थिए ।

एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले विद्यार्थीहरुलाई अध्ययनका लागि अष्ट्रेलिया पठाउँदै आएको छ । विभिन्न देशहरुमा शाखा रहेको एक्सपर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजले अष्ट्रेलिया उत्कृष्ट विश्वविद्यालयसँग सहकार्य गर्दै विद्यार्थीहरुलाई गुणस्तरीय उच्च शिक्षा अध्ययनका लागि पठाउँदै आएको छ ।