धनगढी उप–महानगरपालिकाको नगरस्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना सम्पन्धी कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कैलालीको आयोजनामा भएको नगरस्तरीय बिपद पूर्व तयारी तथा प्रतिकार्य सम्पन्धी कार्यशाला गोष्ठीमा उप–महानगरका जनप्रतिनिधीहरु र बिभागिय प्रमुखहरु, जिल्ला नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्य दसमितिका पदाधिकारी, विपदका क्षेत्रका काम गर्ने कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कार्यशालामा धनगढी उप–महानगरपालिकाको बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माणका लागि कस्को कुन ठाउँमा योगदान रहने भन्ने बारेका कार्यविभाजन समेत गरिएको थियो । धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले विगतका सिकाई र भोगाईमा आधारीत भएर विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरिने बताए । बिपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण आफैमा महत्वपूर्ण कार्य हो नगरप्रमुख वडले भने, यसका लागि प्राविधीकहरुलाई सहयोग गर्न म सबै जनप्रतिनिधी र कर्मचारीहरुसंग आग्रह गर्दछु ।
विपद पूर्व तयारी तथा प्रतिकार्य सम्वन्धी योजना नहुँदा विपदको समयमा समस्या आउने गरेको बताउदै नगरप्रमुख वडले भने, बिपदमा काम गर्न सजिलो बनाउनका लागि नै विपद पूर्व तयारी तथा प्रतिकार्य योजना विपद व्यवस्थापन नीति तथा रणनितिक कार्ययोजना निर्माण कार्य भैरहेको छ ।