धनगढी, २९ चैत/कैलालीको गोदावरीमा काँग्रेसबाट निर्वाचित वडाध्यक्षहरु भन्छन्,‘पार्टी फरक परेर काम गर्न दिइएन’ कैलालीको गोदावरी नगरपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि आफूहरूलाई काम गर्न नदिइएको गुनासो गरेका छन् ।
राजनीतिक पूर्वाग्रह राखेर आफूहरूको वडामा विकास निर्माणको कार्य समेत बेवास्ता गरिने गरेको आरोप लगाएका हुन ।नगरपालिकाको वडा नम्बर ६,७,८,१० र १२ गरी ५ वटाका वडा अध्यक्षहरूले आफूहरूको वडा मा आउने योजनाहरू अन्य वडामा लगिएको गुनासो गरे । पटक–पटक काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू लाई हेप्ने काम भइरहेको वडा नं। १० का वडाध्यक्ष रवीन्द्र शाहीले बताए ।
‘मेयर,प्रमुख प्रशासकीय अधिकृत सँग व्यक्तिको लडाइ होइन,उनले भने,सिस्टमको लडाइ हो । शिक्षा शाखा,कृषि शाखा, स्वास्थ्य शाखा लगायत एडिभिको प्रोजेक्टमा आफूहरू लाई विविध गरिएको छ, ‘सबै वडा लाई समान्तर हिसाबले हेर्ने पर्यौँ।’काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू भएका ठाउँमा अहिले सम्म योजनाको टेन्डर हुन नसकिरहेको उनीहरूले बताएका छन् ।
सबै वडालाई समानान्तर हिसाबले बजेट विनियोजन गर्नुपर्ने १२ का वडाध्यक्ष भिमबहादुर खड्काले बताए । ‘विभेद नगर्नुहोस् भन्ने र कार्यपालिकाको बैठकमा भन्दा मेयरले पेलेर लैजाने गर्नु भएको छ,उनले भने,सबै वडाहरू ले विकास गर्न पाउनु पर्छ भन्ने हाम्रो माग हो।’
नगरपालिकाको काम कर्तव्य प्रति आपत्ति जनाउँदै काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिले चैत्र ६ गते मेयर हरिसिंह साउदको ध्यानाकर्षण गराएका थिए । आफूहरू को माग सम्बोधन नभए जनता माझ जाने वडा नं ८ का वडाध्यक्ष नरेन्द्र बहादुर अधिकारीले बताए । ‘जनता सामु गएर तपाइले जुन उद्देश्यले जिताएर पठाउनुभएको थियो उनले भने त्यो उद्देश्यले काम गर्न दिएन भन्छौँ।’
गोदावरी नगरपालिका वडा नं। १ का वडाध्यक्ष तथा प्रवक्ता शर्मानन्द भट्टले कुनै पनि वडामा विभेद नगरिएको बताए ।‘आवश्यकताका अनुसार सबै वडामा बजेट गएको होला,उनले भने,हामीले कसैलाई काखा र पाखा गरेका छैनौँ। ’