अछाममा चट्याङ लागेर एक जनाको मुत्यु भएको छ। साफेबगर नगरपालिका-११ देविस्थान घर भएका बज्जिर बोहराको देउलीखाद बजारबाट घर जाने क्रममा धामीगाउँ टोलमा चट्याङ लागेर ज्यान गएको हो।
आज दिउसो करिब साढे ३ बजे तिर एक्कासी चट्याङ परी बोहराको घटनास्थलमै ज्यान गएको स्थानीय रुप कुमार ओडलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख जनक बहादुर धामीले बताए। मृतक बोहराका श्रीमती र दुई छोरी छन्।
