• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दाँतले व्यक्तित्व झल्काउँछ तर जाेगाउने कसरी ?

दाँतले खानेकुरा चपाउन, टोक्न तथा लुछ्नका लागि सहयाेग पुग्छ। दाँत बिना खानेकुरा खान मुस्किल हुन्छ। त्यति मात्रै हाेइन सुन्दर दाँतले मानिसकाे व्यक्त्तित्वसमेत झल्काउँछ।

पछिल्लो समय दाँतकाे उपचारका लागि विभिन्न आधुनिक उपकरणहरु भित्रिएका छन्। जसले गर्दा दाँतको समस्याले छट्पाटाइरहनु पर्ने आवश्यकता छैन। कुनै पनि व्यक्तिले आफूले चाहे जस्तो वा आवश्यकता अनुसारको दाँत राख्न र बनाउने सक्ने प्रविधि नेपालमा भित्रिसकेको छ।

तर पछिल्लो समयमा भने विभिन्न कारणले मानिसहरुमा दाँतको समस्या देखिन थालेको चिकित्सकहरुको बुझाई छ।

कसरी गर्ने दाँतको स्याहार?


बिहानदेखि साँझसम्म दाँतले खाने कुरा चपाउनु पर्छ। जसकारण यसको स्याहार गर्न अत्यन्तै महत्पूर्ण हुन्छ। कुनै पनि मानिसले दाँतको स्याहार गर्नका लागि आफूले गर्ने गरेको दैनिक क्रियाकलापमा ध्यान दिन जरुरी हुन्छ। सबैभन्दा धेरैले सही तरीकाले ब्रस नगर्ने गरेको पाइन्छ। कुनै पनि मानिसले सही तरीकाले ब्रस गरेको छ वा छैन भन्ने कुरामा ध्यान दिन जरुरी हुन्छ।

डा. राजेन्द्र भट्ट

दाँत र मुखको स्वास्थ्यबाट जोगाउनका लागि ब्रस मात्र नभएर दाँतको बीचमा खाना अड्किएको ठाउँमा डेन्टल फल्स् गर्नुपर्ने, डेन्टल फल्सले नपुग्ने ठाउँमा इनटर डेन्टल ब्रस गर्नु पर्ने वा माउथ वासरको प्रयोग गर्न डा. राजेन्द्र भट्टकाे आग्रह छ ।

दाँतको स्याहार आफैले गर्नुपर्ने बताउँदै उनले भने,‘मानिसहरुले अरु केही नगरे पनि खाना खाई सकेपछि मुख कुल्ला गरि दिए पनि धेरै खाने कुरा अड्किन पाउँदैन र धेरै रोग लाग्नबाट बच्न सकिन्छ।’

खाने कुरा


ब्रस गरिसकेपछि दाँतमा टाँसिने खानेकुराहरु धेरै नखान चिकित्सकहरुले सुझाव दिएका छन्। यस्ता खाने कुराहरु खानाले दाँतमा विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ ।

 

विभिन्न प्रकारका पेयपदार्थ, चक्लेट वा प्याकेटमा राखिएका खाने कुराहरुको प्रयोग नगर्ने र खाना खाइसकेपछि कुल्ला गर्ने गर्नाले दाँतलाई रोगबाट बचाउनुका साथै स्वस्थ राख्न सकिने डा. भट्टले बताए।

दाँतका बिरामीले सबैभन्दा धेरै आफ्नाे खानपिनमा ध्यान दिन अत्यन्तै जरुरी भएको चिकित्सक बताउँछन्  ।

दिनमा कति पटक ब्रस गर्ने?


चिकित्सकका अनुसार एक दिनमा दुई पटक ब्रस गर्नुपर्छ। बिहान र साँझको खाना खाईसकेपछि अनिवार्य ब्रस गर्नु पर्ने डा. भट्टले सुझाएका छन्। उनले भने,‘कम्तिमा पनि तीनदेखि पाँच मिनेटसम्म ब्रस गर्नुपर्छ। ब्रस गर्ने धेरै किसिमका तरिका छन्। त्यो मध्य होरिजेन्टल ब्रस गर्दा धेरै घाेटेर ब्रस गर्यो भने इनामेलको लेयर खिइएर जाने र दाँतमा पछि गएर सेन्सेटिभको समस्या उत्पन्न हुने गर्छ।’

 

जसका कारण मानिसहरुले ब्रस गर्दा ध्यान पुर्‍याएर मात्रै गर्नु पर्ने उनले बताए। सामान्यतया तीन महीनामा ब्रस परिर्वतन गर्नुपर्ने उनकाे भनाई छ।

दाँतलाई कसरी जोगाउने?


विभिन्न कारणले बिग्रेका दाँतलाई जोगाउनु पर्ने चिकित्सहरुको भनाई छ। किरा लागेको ठाउँमा भर्ने वा दुख्ने समस्या छ भने उक्त दुखेको समस्यालाई जराबाटै अन्तरदन्त अथार्त जराभित्रको नशाहरु सबै निकालेर सफा गरेर भर्ने गर्नुगर्छ। जुन प्रकृयालाई मेडिकल भाषमा रुट क्यानल भनिन्छ।

डा. सुरज श्रेष्ठ

दाँत बनाउनका लागि यति मात्र नभएर कतिपय सर्जिकल प्रकृयाहरु समेत रहेको डा. सुरज श्रेष्ठले बताए। उनले भने,‘कतिपय सर्जिकल समस्यामा रुट क्ययानल गरेर मात्रै हुँदैन, उक्त समस्याको बेलामा सिस्टहरु भएको बेला, जरामा घाउ भएर पिप जमेका बेलामा जराको उपचारसहित शल्यक्रिया गर्ने गरिन्छ।’

बुद्धि बंगारा


बुद्धि बंगारा भनेको थर्ड मोलार हो। सामान्यतया सबैको फस्ट र सेकेण्ड मोलार आइरहेको हुन्छ। तर थर्ड मोलार अर्थात बुद्धि बंगारा कसैकाे आउने गर्छ भने कसैकाे नआउन पनि सक्छ।

यदी आएको खण्डमा भित्रको हड्डिमा बसेको वा अलिकति देखिने मात्रै हुन्छ। त्यसैलाई नै बुद्धि बंगारा भन्ने गरिन्छ। यो दाँत आउने समय भने अलि फरक भएको डा. नारायण शर्माले बताए। उनले भने,‘किनकी १२ देखि १४ वर्षसम्ममा अन्य सम्पूर्ण दाँतहरु आइसकेका हुन्छन्। तर बुद्धि बंगारा भने १७ वर्षदेखि २५ वर्षसम्मकाे उमेरमा आउने गर्छ।’

उनका अनुसार बुद्धि आउने बेलामा आउने भएकाले यसलाई बुद्धि बंगारा भनिएकाे हाे। तर मेडिकल भाषामा भने यसलाई थर्ड मोलार वा वइज्डम टुथ भन्ने गरिन्छ।

बुद्धि बंगारा तल माथिको पुरै आएको खण्डमा खाने कुरा चपाउनका लागि सहयोग गर्ने चिकित्सकहरुले बताउने गरेका छन्। सामान्यतया माथिको आउने तलको नआउने भयो भने एक अर्कासँग ठोक्किने भएकाले फङ्सनमा खासै मद्दत नगर्ने डा. शर्माले बताए।

डा. नारायण शर्मा

उनले थपे,‘तर यो दाँत आउने बेलामा भने धेरै जसो मानिसहरुलाई दुःख नै दिने गर्दछ। अलिकति मात्रै निस्किने वा दाँत आउनका लागि ठाउँ नै नहुने, पूरा नआउने, दुख्ने, सुनिने, मुख खोल्न नमिल्ने जस्ता विभिन्न समस्याहरु देखिने गर्दछ। कतिपयको व्यक्तिमा भने बाहिर नदेखिने भित्र हड्डिमा पनि बस्ने गरेको पाइन्छ।’

त्यसकारण अन्य दाँतहरुको जस्तो बुद्धि बंगाराको खासै काम नहुने उनले बताए। तल र माथि गरि दुवै ठाउँको आएर टोकlने भएपछि भने केही काम हुन सक्ने चिकित्सकहरुले बताएका छन्।

बुद्धि बंगारा आउने ठाउँ भएन। बारम्बार दुखिरहने, सुन्निरहने भएको खण्डमा उक्त दाँतलाई निकाल्नु नै उपयुक्त हुने डा. शर्माले बताए। अन्यथा इन्फेक्सन हुने, हड्डि कुहिनुका साथै जरालाई असर गर्न सक्ने उनकाे भनाई छ।

 

बुद्धि बंगारा आइसकेपछि बुद्धि आउँछ भन्ने कतिपयको बुझाई समेत छ। तर त्यो एउटा संयोग मात्र भएको उनले बताए। उनले भने,‘बुद्धि बंगारा आउने भनेको १७ देखि २५ वर्षसम्ममा हो र १७ वर्षपछि मानिस परिपक्क हुँदै जान्छन्। त्यही समयमा बुद्धि पनि आउने र दाँत पनि आउने भएकाले यसलाई बुद्धि बंगारा पनि भनिएको हो। तर यसको मतलव फेरि दाँत निकालेपछि बुद्धि जान्छ भन्ने चाही हुँदैन।’

दाँत इम्पलान्ट


दाँतले मानिसको सौन्दर्यमा एकदमै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ। राम्रा र टम्म मिलेका दाँतले मानिसकाे व्यक्तित्व राम्राे देखाउँछ। त्यसकारण मानिसहरु आफ्नो दाँतको विषयलाई लिएर बढी नै चिन्तित भएको पाइन्छ। तर फालिएको ठाउँमा चाहे अनुसारको नयाँ दाँत इम्पलान्ट गर्न सकिने डा. सुवोधलाल कर्णले बताए।

डा. सुवाेधलाल कर्ण

उनले भने,‘अहिले पहिला जस्तो छैन, दाँत फाल्यो भने बिना दाँतै बस्नु पर्दैन, नयाँ प्रविधिसँगै चाहे अनुसारको दाँत हामीले इम्पलान्ट गर्ने गरेको छौँँ।

उपचार खर्च


एउटा सामान्य दाँत राख्न पाँच सयदेखि साढे एक लाखसम्म लाग्ने गरेको चिकित्सकहरुको भनाई छ। यसको कामको प्रकृति र उपचार पद्धति हेरे मात्र महँगो हुने गरेको उनीहरु बताउँछन् ।

यसको उपचारका बारेमा बुझाउन मानिसहरुलाई अझै केही समय लाग्ने डा. भट्टले बताए। उनले भने,‘अन्य उपचारको तुलनामा यो अलि महँगाे छ, तर मानिसलाई बुझाउन सकेको खण्डमा यस्तो सेवा धेरैले प्रयाेग गर्ने देखिन्छ।’

सोमबार, भदौ ०२, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.