धनगढी : नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नझुक्ने दृढता व्यक्त गरेका छन् । उनले आफ्नो सांसद पद गएपनि ओलीसामु नझुक्ने बताए ।
नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका नेताहरुलाई स्पष्टीकरण सोध्ने अधिकार अवैध केन्द्रीय कमिटीलाई नरहेको टिप्पणी गर्नुभएको छ ।
मैले पदको लागि राजनीति आजसम्म गरेको छैन् र आगामी दिनमा पनि गर्दिन, अवैध स्पष्टीकरण म मान्दिँन सांसद पद गए जाओस् ,’ रावलले भने।
उनले भने, ‘सांसद पद गएपनि प्रधानमन्त्री ओलीका गलत कदमका अगाडी झुक्दिनँ ।’
नेता रावलले जुन व्यत्तिले पार्टीको विधानको ठाडो उल्लंघन गरिरहेको छ उसैले अरुलाई अवैध बैठकबाट कारवाहीको निर्णय गर्नु सरासर गलत भएको उल्लेख गरे ।
गत शनिबार एमालेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
