धनगढी : पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सत्तारुढ नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले निजगढ एअरपोर्ट नबनाउनका लागि दवाव दिन आन्दोलनमा उत्रिएका व्यक्तिहरु एनजिओका मान्छे भएको बताएका छन् ।
बाँस्कोटाले सामाजिक सञ्जालमार्फत युवाहरुले वनको महत्व बुझ्नु राम्रो भएको बताएका छन् । तर, विकासका काममा एनजिओको एजेण्डा बोकेर आउनु सही नभएको उनले लेखेका छन् ।
फँणिल, जामुनु, क्यामुनु, बयर र पानी अमलाको रुख तथा झ्याङ नदेखेकाले वनको महत्व बुझ्नु राम्रो भएको बाँस्कोटाको भनाइ छ । तर, त्यति कुरा भन्न एक हेक्टर खर्कमा भोटे टिम्बुर र चुत्रो खेती गर्न पुग्ने खर्च प्रदर्शनी तालिम कै लागि गरेछन् भन्दै उनले व्यङ्ग्य गरेका छन् ।
युवाहरुलाई माइतीघरमा प्रदर्शनका लागि तयार गराउन ठूलोमात्रामा खर्च भएको प्रदर्शनीबाट देखिएको बाँस्कोटाको भनाइ छ । उनले निजगढ एअरपोर्टको विरोध एनजिओका विकासको दुःख भएको पनि बताएका छन् ।
अहिलेको युवा पुस्ताको ध्यान कता छ भन्ने विषयमा पनि बाँस्कोटाले वचनवाँण हानेका छन् । बाँस्कोटा लेख्छन्, आँखाभरि अमेरिका देख्नेले एअरपोर्ट नबना रे । विचरा१ एन जि ओ का विकास दुःख ।
फँणिल,जामुनु र क्यामुनु,बयर र पानीअमलाकाे रुख र झ्याङ नदेखेकाले वनकाे महत्व बुझ्नु राम्रो हाे।त्यति जाबो कुरा भन्न एक हेक्टर खर्कमा भाेटे टिम्बुर र चुत्रो खेती गर्न पुग्ने खर्च प्रदर्शनी तालिम कै लागि गरेछन।आँखाभरि अमेरिका देख्नेले एअरपाेर्ट नबना रे।विचरा!एन जि ओ का विकास दुःख।
— Gokul Prasad Baskota (@GokulPBaskota) March 20, 2021