हिमेश बिक/धनगढी, जेठ ६ । धनगढीमा आयोजित एक कार्यक्रमका कृषि अनुदान वास्तविक किसानसम्म नपुगेको भन्दै चिन्ता ब्यक्त गरिएको छ । सिर्जनशील समाजको सृजनाद्वारा संचालित अनुकुलन परियोजनाको समापन कार्यक्रमका सहभागीहरुले काम गरिखाने किसानसम्म अनुदान पुग्ने वातावरण अझै सिर्जना हुन नसकेको बताए।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले अहिले पनि कृषकका नामका आउने अनुदानमा सिमित ब्यक्तिहरुको मात्रै पहुँच भएको बताए । हिजोका दिनदेखि नै अनुदान र सहयोगमा सिमित गिरोहमात्रै हालीमुहाली रहेको छ नगरप्रमुख वडले भने– ‘जबसम्म काम गर्न चाहने किसानसम्म पुग्दैन त्यसको सदुपयोग पनि हुँदैन ।
नगर प्रमुख वडले किसानका नाममा आउने अनुदान किसनले सजिलै पाउनका लागि अहिलेको जटिल प्रकृयालाई सजिलो बनाउनुपर्ने बताए । उनले भने, यसका लागि धनगढी उप–महानगरपालिका छलफलमा छ । धनगढी उप–महानगरपालिकाले अनुदान वितरण गर्न पद्दतिको विकास गरिरहेको बताए । धनगढी उप–महानगरपालिकामा कृषी प्राविधिकको अभाव रहेको छ नगरप्रमुख वडले भने, जसका कारण काम गर्न समस्या भइरहेको छ ।
गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउँदले कृषि अनुदान वास्तविक किसानले पाउने वातावरणको निर्माण अहिलेको आवश्यकता भएको बताए । उनले आवश्यकता भन्दा पहुँचका आधारमा अनुदान प्राप्त गर्ने प्रवृतिको अन्त्य गर्न आफू लागि परेको बताए । स्थानीय सरकार गठन भएको लामो समय हुँदा पनि प्राविधिक कर्मचारी पाउन नसकेको बताए । उनले भने, ‘जसका कारण समयमा काम गर्न समस्या भएको बताए,
गौरीगंगा राजिपुरकी कृषक निर्मला जोशीले किसानका नाममा वितरण गरिने ठूलो अनुदानको दुरुपयोग हुने गरेको आरोप लगाईन । उनले भनिन्, ठूलो आनुदान प्राप्त गरेकाहरुले कुन ठाउँमा काम गरेका छन् मलाई हेर्न रहर छ । सिर्जनशील समाजको सृजनाद्धारा संचालित अनुकुलन परियोजनाका संयोजक रोहित बिकले परियोजना अवधीमा गरेका कार्य उपलब्धीहरु प्रस्तुत गरेका थिए ।