धनगढी, फाल्गुन १६/ नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले तत्काल काँग्रेस सत्ताको नजाने बताएका छन्।
कञ्चनपुरमा काँग्रेस क्षेत्र नम्बर २ को समन्वयमा सहिद मदनलाल शास्त्री, निर्मल ओझा र गंगादत्त जोशी स्मृति पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको उद्घाटन समारोहमा नेता साउदले यस्तो बताएका हुन् ।
नेता साउदले कम्युनिष्टहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरे पनि सभापति त्यस्तो प्रस्तावलाई अस्वीकार गरेको बताए। सर्वोच्चको फैसलापछि पनि मुलुकमा राजनीतिक गतिरोध अन्त्य नभएको उल्लेख गर्दै उनले गतिरोध अन्त्यको स्थायी समाधान निर्वाचन नै भएको बताएका छन्।